फरार प्रतिबादी पक्राउ
२०८२-१०-२१
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।२०
गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी
टोलीले पक्राउ गरेको ।
१. लेनदेन
सम्वन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त
न.पा.१० बस्ने बर्ष ३८ को दिनेश
राम ओड ।
२. जवरजस्ती
करणी उद्योग मुद्दामा २ बर्ष ६ महिना १० दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, दोधारा
चाँदनी न.पा.२ पशुपति टोल बस्ने बर्ष २१ को हिमान्शु भट्ट ।
३. लागूऔषध
खैरो हिरोइन मुद्दामा ५ बर्ष कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ पटियारी बस्ने बर्ष २८ को बिवेक राना
।
डोटी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०७१।०२।११ गतेको
फैसलाले गर्भपतन मुद्दामा ३ बर्ष कैद सजाय तोकिएकी जिल्ला डोटी, आदर्श गा.पा.६ गिरिचौका बस्ने वर्ष ३५ की हिमा देवी बोहरालाई जिल्ला
प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।