अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.९ बालुवाटरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,७००।– बराबरको चिनी, बिडी, सुर्ती, गञ्जी, पुजाको सामान, पानिपुरी, तमाको कलश लगायतका सामानहरु शुक्रबार साँझ इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।