प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२०८२-१०-२४

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.५ तिकलपुर स्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने बर्ष ३२ को दिपेन्द्र रावलको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टिकापुर अस्पताल टिकापुरमा  उपचारको क्रममा मृत्यु भएको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।                                                                          

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।