अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १० सडकघाटबाट १ ग्राम १५० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. शुक्लाफाँटा न.पा.१० झलारी बस्ने १८ बर्षिय दुई जना किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सु.प.प्र.०१-०१० प ३५८७ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।