जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२५
- A
- A-
- A+
कैलाली:- १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा देश भारत जिल्ला उत्तर प्रदेश लखिमपुर तिकुनिया घर भई हाल जिल्ला कैलाली, बर्दगोरिया गा.पा.२ बस्ने बर्ष ५३ को साहिद अलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । साहिदले ती बालिकालाई राजकुला सामुदायिक वनको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।