अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-२६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०२,०४०।– बराबरको हाडवेयर, किराना लगायतका सामानहरु आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।