प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२-१०-२६

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६,२३,०००।- (छ लाख तेईस हजार) नेपाली रूपैयाँ सहित देश भारत जिल्ला लखिमपुर बस्ने बर्ष ३० को योगेश कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको यु.पी. ३१ बि.एफ. ७१६१ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।