प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस पक्राउ

२०८२-१०-२६

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ राजपुरबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उ.म.न.पा. १ बस्ने बर्ष २९ को दिनश बि.क.लाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी कैलालीगाँउ, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

    यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.१ लम्की बजारबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को प्रेम बि.क. लाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो  । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बाटोमा संकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

    यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट १ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा. ८ बस्ने बर्ष १९ को धनराज बुढा र १५ बर्षिय किशोरलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो  । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

सम्बन्धित समाचार