फरार प्रतिबादी पक्राउ
२०८२-११-०१
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।२९
गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको हो ।
१.
लागूऔषध मुद्दामा ६ महिना कैद सजाय र
रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.७ हल्दुखाल
बस्ने बर्ष ५० को खडक बहादुर पुजारा ।
२.
लागूऔषध चरेश मुद्दमा १ बर्ष कैद सजाय र रु. २०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ बस्ने बर्ष ५८
को शिब राज भट्ट ।
३.
अभद्र ब्यबहार मुद्दामा १ महिना कैद सजाय र
रु.१,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट
न.पा. ९ बस्ने १८ वर्षिय किशोर ।
४.
कुटपिट मुद्दामा १ वर्ष कैद सजाय र रु.१,०००।–
जरिवाना
तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ बस्ने बर्ष ४६ को शिव दत्त जोशी ।