प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बसको ढोकाबाट खसेर मानिसको मृत्यू

२०८२-११-०१

  • A
  • A-
  • A+
Share

     बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.१ गुरुखोला स्थित दशरथचन्द राजमार्गमा महेन्द्रनगर बाट बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०१७ नम्वरको बसको ढोकाबाट खसेर जिल्ला बैतडी, दशरथचन्द न.पा.४ त्रिपुरा बस्ने वर्ष ६५ को पदम राज भट्ट गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र बस चालक जिल्ला बैतडी पाटन न.पा.८ हरिचन बस्ने वर्ष ३२ को दशरथ महरालाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।