३३ ग्राम ७०० मिलिग्राम अबैध लागूऔषध सहित युवा युवती पक्राउ
२०८२-११-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ धनगढी अत्तरिया राजमार्ग स्थित मोहनपुर चोक सडक खण्डबाट २३ ग्राम ३४०मिलिग्राम र सोही उ.म.न.पा ४ स्थित निजहरुको डेरा कोठा खानतलासी गर्दा १० ग्राम ३६० मिलिग्राम गरी जम्मा ३३ ग्राम ७०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, AIRGUN थान-१, नगद रु.६५,०००।– र मोवाईल थान-२ सहित जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष २५ को सम्भु भट्ट र जिल्ला बैतडी, सिंगास गा.पा.१ वतन भएकी बर्ष २३ की कविता भट्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरुलाई चेकजाँच तथा डेरा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।