अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ काँढा पुल स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,७९५।– बराबरको बिडी र सुर्ती लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय भजनी,कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५२,०००।– बराबरको अवैध बोईलर कुखुरा,माछा, कपडा लगायतका समानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।