प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

३३ ग्राम ७०० मिलिग्राम अबैध लागूऔषध सहित युवा युवती पक्राउ

२०८२-११-०२

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ धनगढी अत्तरिया राजमार्ग स्थित मोहनपुर चोक सडक खण्डबाट २३ ग्राम ३४०मिलिग्राम र सोही उ.म.न.पा ४ स्थित निजहरुको डेरा कोठा खानतलासी गर्दा १० ग्राम ३६० मिलिग्राम गरी जम्मा ३३ ग्राम ७०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, AIRGUN थान-१, नगद रु.६५,०००।– र मोवाईल थान-२ सहित जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष २५ को सम्भु भट्ट र जिल्ला बैतडी, सिंगास गा.पा.१ वतन भएकी बर्ष २३ की कविता भट्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो  । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरुलाई चेकजाँच तथा डेरा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो  । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०६

    कैलाली:- जि.कैलाली भजनी नगरपालिका वडा नं.३ पडरीया स्थित इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिहीबार दिउसो सोही ठाँउ बस्ने अन्दाजी बर्ष २८ को हरि प्रसाद डगौराको घर कोठामा खानतलासी गर्दा शुद्ध तौल ७७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई बिहीबार दिउसो नियन्त्रणमा लिएको ।     यसै गरी जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित बिहीबार साँझ अस्थायी प्रहरी पोष्ट मनेहरा कैलालीबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. १२ मनेहरा पुरानो शिविर‍ बस्ने वर्ष १८ को एकजना किसोरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा-११ डोकेबजार स्थित बिहिबार साँझ भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. -५ गेटा बस्ने अन्दाजी बर्ष १९ को कुशल बिष्टलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट शुद्ध तौल ४५० मिलिग्राम खैरो हिरोईन जस्तो धूलो पदार्थ फेला पारी उक्त पदार्थ सहित चार जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।