प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-११-०४

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० सिमलघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,००,०००।– बराबरको स्टपलाइजर र मोटरसाइकल थान-१ लगायतका सामानहरु आईतबार दिउसो अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटना हुँदा मृत्यु, घाइते
२०८२-११-०४

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.२ बसना स्थित चमडा डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउदै गरेको सु.प.प्र.०१-००२ त ७४२८ नम्बरको ट्रयाक्टर अनियन्त्रित सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार  जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २० को सन्दिप चौधरीको घट्नास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा सवार चालक सहित ५ जना मध्ये १ जनाको मृत्यु, जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २० को जोन चौधरी, सोही ठाउँ बस्ने बर्ष २० को पुरन चौधरी घाइते भई डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने बर्ष २३ को उमेश रानालाई थप उपचारको लागी धनगढी तर्फ रिफर गरेको छ । ट्याक्टर घट्ना स्थलमै रहेको छ भने ट्याक्टर चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३२ को करन चौधरी फरार रहेकाले निजको प्रहरीले खोजतालास गरिरहेको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-०३

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ काँढा पुल स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,७९५।– बराबरको बिडी र सुर्ती लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय भजनी,कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५२,०००।– बराबरको अवैध बोईलर कुखुरा,माछा, कपडा लगायतका समानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।