प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटना हुँदा मृत्यु, घाइते

२०८२-११-०४

  • A
  • A-
  • A+
Share

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.२ बसना स्थित चमडा डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउदै गरेको सु.प.प्र.०१-००२ त ७४२८ नम्बरको ट्रयाक्टर अनियन्त्रित सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार  जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २० को सन्दिप चौधरीको घट्नास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा सवार चालक सहित ५ जना मध्ये १ जनाको मृत्यु, जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २० को जोन चौधरी, सोही ठाउँ बस्ने बर्ष २० को पुरन चौधरी घाइते भई डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने बर्ष २३ को उमेश रानालाई थप उपचारको लागी धनगढी तर्फ रिफर गरेको छ । ट्याक्टर घट्ना स्थलमै रहेको छ भने ट्याक्टर चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३२ को करन चौधरी फरार रहेकाले निजको प्रहरीले खोजतालास गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।