सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८२-११-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलारी
गा.पा. १ स्थित हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र बिपरित दिशा तर्फ जादै गरेको से ५ प २७८२ नम्बरको मोटरसाईकल एक आपसमा
ठोकिन जाँदा मोटरसाईकल चालक सोही गा.पा.५ बस्ने बर्ष ३५ की ईप्सा चौधरी गम्भिर
घाईते भई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा
मंगलबार दिउँसो मृत घोषणा गरेको हो । गाडीमा सवार जिल्ला कैलाली, कैलारी गा.पा.७
बस्ने बर्ष ५० को तारा चौधरी घईते भई उपचार भईरहेको छ भने अन्य २ जना समान्य उपचार
पश्चात डिस्चार्ज भईसकेका छन । गाडी चालक
जिल्ला कैलाली, कैलारी गा.पा.७ बस्ने बर्ष ४० को दिपेन्द्र बमलाई प्रहरीले
नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।