प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस पक्राउ

२०८२-११-०५

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत लखिमपुर खिरी बस्ने बर्ष १९ को हेमन्त रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारीआवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चोकबाट ७९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २७ को बिबेक गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारीआवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ महेन्द्रनगर बसपार्क नजिक रहेको राजकिरण फेन्सी स्टोरबाट डाईजेपाम (Dizepam) ३९ एम्पुल, फेनारगन (Phenargan) ३४ एम्पुल र बुफ्रिनोर्फिब (Buprenorphine)३२ एम्पुल गरी जम्मा १०५ एम्पुल नियन्त्रित लागूऔषध सहित सोही न.पा.६ ऐठपुर बस्ने बर्ष २७ को किरण जोशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जोशीले सञ्चालन गरेको उक्त फेन्सी स्टोरबाट लागूऔषधको करोवार हुने गरेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेन्सी स्टोर भित्र खानतलासी गर्दा नियन्त्रित लागूऔषध  फेला पारी आवश्यक प्रक्रिया पुरा गरि लागूऔषध सहित निजलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।