अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-११-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१३ शिबटोलबाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो
देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को सन्तोष राना र बर्ष २५ को
प्रदिप रानालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली, लागूऔषध नियन्त्रण व्युरो
शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाँउ, कैलालीबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त
पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ
गरेको हो ।
यसैगरी, जिल्ला
कैलाली टिकापुर न.पा.७ सुनाफाटाबाट १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन
जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष २४ को बिरेन्द्र कडायतलाई विहीबार
साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी
कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि
चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक
प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।