प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८२-११-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा. १ स्थित हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र बिपरित दिशा तर्फ जादै गरेको से ५ प २७८२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक सोही गा.पा.५ बस्ने बर्ष ३५ की ईप्सा चौधरी गम्भिर घाईते भई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मंगलबार दिउँसो मृत घोषणा गरेको हो । गाडीमा सवार जिल्ला कैलाली, कैलारी गा.पा.७ बस्ने बर्ष ५० को तारा चौधरी घईते भई उपचार भईरहेको छ भने अन्य २ जना समान्य उपचार पश्चात डिस्चार्ज भईसकेका छन ।  गाडी चालक जिल्ला कैलाली, कैलारी गा.पा.७ बस्ने बर्ष ४० को दिपेन्द्र बमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।