अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उपमहानगरपालिका वडा नं ३ चौराह स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.२०,२५०।– बराबरको किराना
सामानहरु शनिबार अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट
खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुर्नवास न.पा. ११ गुम्बा पछाडीबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,००,०५०।– बराबरको
किराना सामानहरु शनिबार प्रहरी चौकी परासन,कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।