अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१३
- A
- A-
- A+
कैलाली :- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ स्थितबाट ५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निम्न मानिसहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
निम्न
१.जि.कैलाली
बर्दगोरिया गा.पा. २ घर भई ऐ.ध.उ.म.न.पा. २ कोठा गरी बस्ने
बर्ष २९ को कनैया चौधरी ।
२.जि.
अछाम साफेबगर न.पा.८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा
गरी बस्ने बर्ष २६ को महेश कुँवर ।
३.जि.
अछाम साफेबगर न.पा. ८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा
गरी बस्ने बर्ष २९ को गौरव स्वार ।
कञ्चनपुर
:- जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ स्थित कलकत्ता बजारबाट १ ग्राम ३३०
मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला
कञ्चनपुर कृष्णपुर न.पा. ३ देखदभुली बस्ने
बर्ष २० को दिपेश रानालाई
मंगलबार
साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पचुई,कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।