प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस पक्राउ

२०८२-११-११

  • A
  • A-
  • A+
Share

 

    कैलाली :- जिल्ला कैलाली लम्कीचुवा न.पा. ३ चिसापानी बजारबाट ७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला सुर्खेत बराहताल गा.पा.१ श्रीचौर स्थायी घर भई हाल जिल्ला कैलाली लम्कीचुहा .पा.३ चिसापानी बस्ने वर्ष २० को सन्तोष सुनारलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चिसापानी,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारीआवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो

    यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा. ८ खक्रौला स्थितबाट ९१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली लम्की चुहा न.पा. १ बस्ने बर्ष २७ को राम बहादुर रसाईली र ऐ.ऐ. बस्ने बर्ष १९ को बिशाल बिश्वकर्मालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारीआवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो        

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।