लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-२०
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०१।१९ गते साझँतिर ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं.-०६ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका म.२ प ४३६४ नं.को स्कुटी चालक जिल्ला कैलाली गोदावरी नं.पा. वडा नं. ०२ तेगरी बस्ने बर्ष २७ को अजय सोपले चलाएको स्कुटी पछाडी सवार जिल्ला कञ्चनपुर लालझाडी गा.पा वडा न.०४ जाई बस्ने बर्ष २३ को प्रकाश नाथ र ऐ.ऐ. बस्ने वर्ष २३ को दिपेन्द्र साउँद समेत सवार भई आउदै गरेको अवस्थामा निजहरुलाई शंका लागी रोकी चेकजाँच गर्दा निजहरुको साथबाट ०.४९ मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी स्कुटी समेत निज तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।