अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७
- A
- A-
- A+
कैलाली
:-
धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला
कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको
साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो
हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।
कञ्चनपुर, भिमदत्त
न.पा.२
भासी स्थितबाट
जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१
बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को
अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द
सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार
अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको छ ।