अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१
त्रिबेणी चोक स्थित घरबाट २ के.जी. ५८ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो
पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ६९ को डम्मर बहादुर शाहीलाई आइतबार साँझ
प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र
लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको
घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर बेलौरी न.पा.१० स्थित किल्ला नम्बर ४ नजिकबाट जिल्ला कञ्चनपुर, शुँक्लाफाटा न.पा.५ प्रगती टोल बस्ने बर्ष २४ को हरिश भट्टलाई ८३०
मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आईतबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो । से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार निजलाई भारतबाट नेपाल
तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी,
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला
पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित
निजलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला
कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३
राजपुर
बस्ने १८ वर्षिय दुई जना किशोरलाई १ ग्राम ७७० मिलिग्राम लागूऔषध
खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राती प्रहरीले पक्राउ गरेको हो
। भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय
बेलडाँडी,
कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ
फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ
गरेको हो ।