प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-११-२७

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१३,०००।– बराबरको चप्पल, प्लाष्टिक पिचकारी, प्लाष्टिक झिल्ली, किराना लगायतका सामानहरु मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.६ “ङ” गाँउबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार बस्ने बर्ष ४३ को हर्क बहादुर खड्का र ऐ. जानकी गा.पा.७ पठरैया बस्ने बर्ष ३० की मिना राजीलाई ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र १ डिब्बा कोरेक्स सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो । 

भरुवा बन्दुक पड्किन गई मानिस मृत्यू
२०८२-११-२७

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा परशुराम न.पा.२ बसौटी स्थित जिल्ला बैतडी शिवनाथ गा.पा. ४ घर भइ दिदि जानकी बोहराको घरमा आएको बर्ष १७ को सुबास महरा घर भित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा मंगलबाट साँझतिर एक्कासी बन्दुक पड्किन गई गम्भिर घाइते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा, डडेल्धुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । ईलाका प्रहरी कार्यालय जोगवुढा, डडेल्धुराबाट खटिएको प्रहरीले जिल्ला डडेल्धुरा, परशुराम न.पा.२ बसौटी बस्ने गणेश बहादुर बोहरा र जिल्ला बैतडी, शिवनाथ गा.पा.४ बस्ने १७ वर्षिय किशोरलाई नियन्त्रणमा लिई उक्त भरुवा बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२५

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ त्रिबेणी चोक स्थित घरबाट २ के.जी. ५८ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ६९ को डम्मर बहादुर शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले निजको घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० स्थित किल्ला नम्बर ४ नजिकबाट जिल्ला कञ्चनपुर, शुँक्लाफाटा न.पा.५ प्रगती टोल बस्ने बर्ष २४ को हरिश भट्टलाई ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार निजलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर बस्ने १८ वर्षिय दुई जना किशोरलाई १ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राती प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।