अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ बाट भारत लखिमपुर खिरी पलिया बस्ने बर्ष ३७ को मनुवर अलि र ऐ.ऐ.बस्ने बर्ष ३९ को महम्मद असरफ अलीलाई ३ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकालागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजहरुलाई पक्राउ गरेको हो ।