प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-११-२८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जि.कञ्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष ४७ को नरेश गिरी र ऐ.ऐ.भीमदत्त नगरपालीका वाड न.९ बस्ने बर्ष ४० को हिरा नाथलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० स्थित बैजनाथ सामुदायिक वन जङगल भित्र लगि जबरजस्ती करणी गरेको भन्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको उजुरीको आधारमा प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.६ “ङ” गाँउबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार बस्ने बर्ष ४३ को हर्क बहादुर खड्का र ऐ. जानकी गा.पा.७ पठरैया बस्ने बर्ष ३० की मिना राजीलाई ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र १ डिब्बा कोरेक्स सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।