अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२
त्रिनगर सिसा पोष्ट नजिकबाट ५ ग्राम ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो
देखिने धुलो पदार्थ सहित सोही उ.म.न.पा.७ बस्ने बर्ष २६
को नबिन बुढा, सोही ठाउँ बस्ने बर्ष २६ को राजन जोशी र जिल्ला कैलाली, गोदावरी
न.पा.६ बस्ने १८ बर्षिय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि
चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक
प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट ६ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बेदकोट न.पा.४ बस्ने बर्ष ३२ की अनिता बोहरालाई
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको
अवस्थामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी
कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि
चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित
निजलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी
न.पा. ८ पचुई स्थित सोही ठाउँ बस्ने बर्ष ३४ को हरिकिशन रानाले आफ्नै घरभित्र लागूऔषधको
कारोवार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा ३ ग्राम ३८० मिलिग्राम लागूऔषध खैरो हेरोईन
जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो
। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी पचुई, कञ्चनपुरबाट संयुक्त
रुपमा खटिएको प्रहरी टोलीले घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ हात्तिबोझा स्थित सोही ठाउँ बस्ने बर्ष ४०
को सुरेश बडायकले आफ्नै घरभित्र लागूऔषध सेवन गरिरहेको छ भन्ने गोप्य सुचनाको
आधारमा निजको घरकोठा खानतलासी गर्दा ३१०
मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई सोमबार राती
प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका
प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरकोठा
खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित
निजलाई पक्राउ गरेको हो ।