प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१२-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ..न.पा.३ मिलन चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,५००।बराबरको बिडी, सुर्ती, चक्लेट, ज्वानो, तिलको तेल, पानीपुरी, सुटपिस, कुर्ती लगायतका  सामानहरु सोमबार राती प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६५,५२५।– बराबरको पेन्ट, डोटरमेट, बिभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु आइतबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकीकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

      यसैगरी,  जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ कञ्चभोजबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.५०,०००।– बराबरको ४ (चार) वटा बाख्रा आइतबार साँझ इलाका प्रहरी कार्यालय दोधरा चाँदनीकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।