फरार प्रतिबादी पक्राउ
२०८२-१२-०३
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०८।०६ गतेको
फैसलाले सामुहिक जवरजस्ती करणी मुद्दामा १/१ महिना कैद
सजाय र रु.७,०००/७,०००।- जरिवाना तोकिएका जिल्ला कञ्चनपुर, भिमदत्त
न.पा.८ तिलाचौड बस्ने बर्ष २४ को जिवन राज भट्ट र सोही ठाउँ बस्ने बर्ष २२ को
शुनिल धामीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति
२०८२।१२।०२ गते निजहरुकै घर ठेगानाबाट पक्राउ
गरेको ।
डडेल्धुरा:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले अभद्र ब्यवहार
मुद्दामा १ महिना कैद सजाय र रु.१५,०००।- जरिवाना तोकिएको
जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ तुफानडाँडा बस्ने बर्ष २५ को डार्विन रावललाई
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।०२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।