अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. ८
तौलाहा ताल नजिकबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ
सहित सोही ठाउँ बस्ने बर्ष २७ को रोहित राना र बर्ष २२
को अब्रिन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि
चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक
प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर
बेलौरी न.पा.१० सडकघाटबाट ७५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित सोही न.पा. ८ पँचुइ बस्ने बर्ष २९ को ग्रिस सिंह ऐरीलाई सोमबार साँझ
प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी
कार्यालय बेलडाँडी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।