प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१२-०५

  • A
  • A-
  • A+
Share

          कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. ६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५५,६५०।– बराबरको प्याज, खाने तेल, कुर्सि, बिभिन्न किसिमका भाँडा लगायतका सामानहरु वुधबार इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 


सम्बन्धित समाचार
भरुवा वन्दुकले गोली प्रहार गरी श्रीमतीको हत्या
२०८२-१२-०५

    कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.०४  अमलेशैनी गाउँ बस्ने बर्ष ३० को राम बहादुर मगरले आफ्नै श्रीमती बर्ष २७ की संजिता मगरसंग विवाद गरि आफैसँग रहेको भरुवा बन्दुकले गोली हानी वुधवार साँझतिर हत्या गरेको छ  । निजले श्रीमतिलाई गोली हानि हत्या गरेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटि गएको प्रहरी टोलीले घर देखि पश्चिमतर्फ ३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा हत्या गरेको र आफुलाई समेत उक्त बन्दुकले गोली हानी गम्भिर घाईते अवस्थामा फेला पारी सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचार भईरहेको छ । भरुवा वन्दुक इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले नियन्त्रण लिई घट्ना सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु
२०८२-१२-०५

    कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ बजैपुर स्थित ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिदा गोरुगाडामा सवार जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष ६० को कलसु चौधरी र निजकै श्रीमती बर्ष ७० की सेतानु चौधरीको वुधवार राती मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो । गोरु गाढमा वाँधिएको एक वटा गोरुको मृत्यु भएको छ भने एउटा वटा गोरु घाईते भएको छ । ट्रक र ट्रक चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाँडी बस्ने बर्ष ३३ को रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०४

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. ८ तौलाहा ताल नजिकबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २७ को रोहित राना र बर्ष २२ को अब्रिन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट ७५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा. ८ पँचुइ बस्ने बर्ष २९ को ग्रिस सिंह ऐरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०४

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ बडारा र टीकापुर न.पा. ९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८०,०००।– बराबरको सुटपिस, साडी, मोटर गार्ड, कार्पोटर, सकर, मिटर, मोटरसाइकलको बटन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी ६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०१,९४४।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, खानेतेल, चिप्स, स्याम्पु लगायतका सामानहरु मंगलबार साँझ इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०३

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर सिसा पोष्ट नजिकबाट ५ ग्राम ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उ.म.न.पा.७ बस्ने बर्ष २६ को नबिन बुढा, सोही ठाउँ बस्ने बर्ष २६ को राजन जोशी र जिल्ला कैलाली, गोदावरी न.पा.६ बस्ने १८ बर्षिय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट ६ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बेदकोट न.पा.४ बस्ने बर्ष ३२ की अनिता बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ पचुई स्थित सोही ठाउँ बस्ने बर्ष ३४ को हरिकिशन रानाले आफ्नै घरभित्र लागूऔषधको कारोवार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा  ३ ग्राम ३८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी पचुई, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ हात्तिबोझा स्थित सोही ठाउँ बस्ने बर्ष ४० को सुरेश बडायकले आफ्नै घरभित्र लागूऔषध सेवन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा  ३१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।