अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०६
- A
- A-
- A+
कञ्चनपुर:- बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो
हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७२० मिलिग्राम सहित २ जनालाई शुक्रबार
राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला डडेलधुरा अमरगढी न.पा.१
मालुम बस्ने बर्ष २५ को यादब तमौली र सोही नगरपालिका ५ बागबजार बस्ने १८ वर्षीय किशोर
रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २०९९ नम्बरको
मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त
पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो
हिरोईन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम १६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार
राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा ना.पा.११
कलुवापुर बस्ने बर्ष २६ को हिक्मत बोहरा ( सहचालक ), कृष्णपुर
न.पा.५ गुलरिया बस्ने बर्ष २४ को दिपेन्द्र बिष्ट, जिल्ला कैलाली,
गोदावरी न.पा.३ मालाखेती बस्ने बर्ष २७ को सुरेन्द्र साँउद (चालक) र जिल्ला दार्चुला, शैल्यशिखर न.पा.६ उल्लानी बस्ने
बर्ष २८ को जनक सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२-००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार
उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, हाइस सहित
निजहरु चारै जनालाई पक्राउ गरेको हो ।