अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० घुईयाघाटबाट ५६० मिलिग्राम लागूऔषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने
बर्ष २३ बलराम रानालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय
धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी
टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर बेलौरी न.पा.१० पन्तचोकबाट २ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हेरोईन
जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.७ हल्दुखाल बस्ने
बर्ष ३६ को डम्बर सिंह कुवँरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट
नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त
पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
दार्चुला:-
जिल्ला दार्चुला महाकाली
न.पा.१ लास्कु खोलाबाट ८ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला
दार्चुला, ब्यास गा.पा.४ दुम्लिङ बस्ने वर्ष २२ को बिराज कामीलाई प्रहरीले पक्राउ
गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी
टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया
पुरा गरि पक्राउ गरेको हो ।