प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-०६

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:-  बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७२० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला डडेलधुरा अमरगढी न.पा.१ मालुम बस्ने बर्ष २५ को यादब तमौली र सोही नगरपालिका ५ बागबजार बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

      यसैगरी,  बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम १६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा ना.पा.११ कलुवापुर बस्ने बर्ष २६ को हिक्मत बोहरा ( सहचालक ), कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष २४ को दिपेन्द्र बिष्ट, जिल्ला कैलाली, गोदावरी न.पा.३ मालाखेती बस्ने बर्ष २७ को सुरेन्द्र साँउद (चालक) र  जिल्ला दार्चुला, शैल्यशिखर न.पा.६ उल्लानी बस्ने बर्ष २८ को जनक सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२-००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, हाइस सहित निजहरु चारै जनालाई पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।