प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२-१२-०८

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.५ बनगाउँ स्थित पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको  यु.के. ०६ बि.एन. २८२९  नम्बरको ईण्डियन कारको ठक्करबाट  सोही ठाउँ बस्ने  साइकलयात्री  ६५ वर्षीय मोहन शाहीको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार र कार चालक देश भारत रुद्रपुर बस्ने बर्ष ४० को राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०८

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० घुईयाघाटबाट ५६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २३ बलराम रानालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० पन्तचोकबाट २ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.७ हल्दुखाल बस्ने बर्ष ३६ को डम्बर सिंह कुवँरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.१ लास्कु खोलाबाट ८ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला दार्चुला, ब्यास गा.पा.४ दुम्लिङ बस्ने वर्ष २२ को बिराज कामीलाई प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०६

   कञ्चनपुर:-  बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७२० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला डडेलधुरा अमरगढी न.पा.१ मालुम बस्ने बर्ष २५ को यादब तमौली र सोही नगरपालिका ५ बागबजार बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।       यसैगरी,  बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम १६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा ना.पा.११ कलुवापुर बस्ने बर्ष २६ को हिक्मत बोहरा ( सहचालक ), कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष २४ को दिपेन्द्र बिष्ट, जिल्ला कैलाली, गोदावरी न.पा.३ मालाखेती बस्ने बर्ष २७ को सुरेन्द्र साँउद (चालक) र  जिल्ला दार्चुला, शैल्यशिखर न.पा.६ उल्लानी बस्ने बर्ष २८ को जनक सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२-००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, हाइस सहित निजहरु चारै जनालाई पक्राउ गरेको हो ।