प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०।०१।२० गते अस्थाई प्रहरी पोष्ट बिशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु.७,०००।- बराबरको  चिनी, प्लाष्टिक झिल्ली, स्याम्पु, बेबारीसे अवस्थामा फेला पारी बरामद गरि प्रहरीले आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको हो  । 

सोहि दिन ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली कैलारी गा.पा.४ स्थित भारतबाट अबैध रूपमा भन्सार छली ल्याएको अन्दाजी रु.१२,०००।- बराबरको बोईलर कुखुरा बेवारिसे अवस्थामा फेलापारी बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी मिति २०८०/०१/२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली र स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको सयुक्त प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ पुरानो भन्सार रोड स्थित ऐ.ऐ. बस्ने बर्ष ३१ को तारा बोहराको घरमा भारतमा भन्सार छली गरी ल्याई  सामान लुकाई छिपाई राखेको छ भन्ने शंका लागि चेकजाँच गर्दा निजको घरबाट अन्दाजी रु.३४,५००।- बराबरको सुट, लेहंगा, धोती, बिडी फेला पारी बरामद गरी साथै जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ बस्ने  बर्ष ३१ को तारा बोहरा, .ऐ.ऐ. बस्ने बर्ष ३५ की अनुष्का देउवा र जिल्ला कैलाली चुरे गाउपालिका घर भई हाल ऐ.ऐ. डेरा गरी बस्ने बर्ष ४० की पुमसरा साउँदलाई  समेत प्रहरीले नियन्त्रनमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कंञ्वचपुर- यसै गरी मिति २०८०।०१।२० गते  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्नचनपुर र प्रहरी चौकी परासनबाट खटिएको  संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा. ११ स्थित  भारत  बाट भन्सार छलि ल्याएका अन्दाजी रु. ९,६९०।- बराबको कमला पसन्द,  पान मसला र अन्य सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरि प्रहरीले अवश्यक कारवाहीको लागी भन्सार कार्यालय कञ्नचनपुरमा बुझाईएको हो ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।