अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउँबाट ५८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को रंजित चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।