प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८२-१२-१०

  • A
  • A-
  • A+
Share

     डोटी:- जिल्ला डोटी, आदर्श गा.पा.-६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित सडकबाट अन्दाजी ९०० मिटर तल खस्न गई गय राति दुर्घटना हुँदा जीप  चालक सोही गाउँपालिका-३ काँडी स्याउले बस्ने वर्ष २२ को सुबोध रोकाया र जीपमा सवार सोही ठाउँ वस्ने १९ वर्षीय कैलाश बि.क. को घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।