जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८२-१२-१०
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ तल्लासैन स्थित सोही ठाउँ वस्ने बर्ष ५२ को मोहन सिह बिष्टले संचालन गरेको अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको निज मोहन सिंह बिष्ट सहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.५०,२०५।– र २ गड्डी तास, सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।