अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा. ५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गा.पा.२ परागीपुर बस्ने बर्ष ३० को प्रकाश भण्डारी, बर्ष २६ को प्रकाश वडुवाल र बर्ष २८ को प्रविन भण्डारी रहेका छन् । विशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थमा इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१ बन्साहबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त न.पा.१ भासि बस्ने बर्ष २० को आकाश चौधरी र सोही नगरपालिका २ भासि बस्ने बर्ष २१ को अबिषेक चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्साह, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।