फरार प्रतिबादी पक्राउ
२०८२-१२-११
- A
- A-
- A+
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०७९।१०।२६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला अछाम, पञ्चदेवल विनायक न.पा. ८ बस्ने वर्ष ३६ को हिरा लाल कोमिलीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१० गते मंगलसैन न.पा.५ मंगलसैन बजारमा पक्राउ गरेको हो ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले वालयौन दुर्वव्यावहार मुद्दामा १३ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.४ चुल्ल बस्ने बर्ष २२ को केशव भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।