प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०/०१/२३ गते ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्ड कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला स्थित जि. कैलाली लम्कि चुहा न.पा. २ मोतीपुर बस्ने बर्ष २६ को सागर घिमिरे र ऐ.ऐ. बस्ने बर्ष ३३ को प्रेम सुनारलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ३ ग्राम ८० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेला पारी निज दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका २ स्थित ऐ.ऐ. बस्ने वर्ष १८ की करिस्मा छेडाल र यज्ञ ओलीको घरमा लागुऔषध सेवन गररहेको अवस्थामा  ऐ.ऐ.बस्ने जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ बस्ने वर्ष २६ को यज्ञ ओली, ऐ.ऐ. बस्ने वर्ष २२ को सुरेन्द्र ओली र ऐ.ऐ. बस्ने वर्ष २४ को नरेश सिहंलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २८० मिलिग्राम खैरोहेरोईन फेला पारी  घरबेटी सिहित तिनै जनालाई  नियन्त्रणमा लिएको हो । 

यसैगरी शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.३ त्रिनगर भन्सार ब्यारेल नजिक जिल्ला कैलाली गौरीगंगा न.पा.८ बस्ने बर्ष १९ को राममाया कुस्मीलाई शंका लागी चेक जाच गर्दा निजको साथबाट २ ग्राम ब्राउन सुगर फेलापारी मानिस सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।