प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१२-१४

  • A
  • A-
  • A+
Share

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ त्रिबेणीघाट र टिकापुर न.पा.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,२००।– बराबरको चिनी, बिडी, सुर्ति, माछा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१४

     कञ्चनपुर:-  बेदकोट नगरपालिका १० राना दैजी स्थित सडक खण्डबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २ बस्ने बर्ष ३९ को केशव खत्री र भिमदत्त नगरपालिका १५ बस्ने बर्ष २७ की रेखा थापा र ऐ. १८ बस्ने बर्ष २६ को कमल चन्द रहेका छन् । लागूऔषधको कारोबार तथा ओसार पसार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले म १ च ७०८ नम्बरको बोलेरो जीपमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जीप सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो । साथै जीप चालक बेदकोट नगरपालिका १० बस्ने बर्ष २९ को केशव बिष्ट भागि फरार रहेकाले निजको खोजतलास भईरहेको छ  । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२

      कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.६ बागमाराबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बि.क. लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुईबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३२० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ३८ को प्रेम लाल राना र सोही ठाउँ बस्ने बर्ष ४३ को मागुराम चौधरी रहेका छन् । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।