प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-१२-१४

  • A
  • A-
  • A+
Share

      डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ३ महिना २५ दिन कैद सजाय र रु.३५,०००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, नवदुर्गा गा.पा.२ बर्ष २८ को खेम राज भट्टलाई अस्थायी प्रहरी पोष्ट बेडुपानी, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१४

     कञ्चनपुर:-  बेदकोट नगरपालिका १० राना दैजी स्थित सडक खण्डबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २ बस्ने बर्ष ३९ को केशव खत्री र भिमदत्त नगरपालिका १५ बस्ने बर्ष २७ की रेखा थापा र ऐ. १८ बस्ने बर्ष २६ को कमल चन्द रहेका छन् । लागूऔषधको कारोबार तथा ओसार पसार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले म १ च ७०८ नम्बरको बोलेरो जीपमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जीप सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो । साथै जीप चालक बेदकोट नगरपालिका १० बस्ने बर्ष २९ को केशव बिष्ट भागि फरार रहेकाले निजको खोजतलास भईरहेको छ  । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२

      कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.६ बागमाराबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बि.क. लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुईबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३२० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ३८ को प्रेम लाल राना र सोही ठाउँ बस्ने बर्ष ४३ को मागुराम चौधरी रहेका छन् । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।