प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१२-१६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ गड्डाचौकी र बेलौरी न.पा.२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८३,३००।– बराबरको पेय पदार्थ, जुत्ता, बोईलर कुखुरा लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१६

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका ११ होल्डिङ्ग सेन्टर नजिकबाट २४ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका २ उल्टाखाम बस्ने बर्ष २७ को टेकेन्द्र भण्डारीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।       कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.०२ सम्झनाचोकबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ०६ बस्ने बर्ष ४२ को मिन बहादुर डगौरालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१४

     कञ्चनपुर:-  बेदकोट नगरपालिका १० राना दैजी स्थित सडक खण्डबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २ बस्ने बर्ष ३९ को केशव खत्री र भिमदत्त नगरपालिका १५ बस्ने बर्ष २७ की रेखा थापा र ऐ. १८ बस्ने बर्ष २६ को कमल चन्द रहेका छन् । लागूऔषधको कारोबार तथा ओसार पसार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले म १ च ७०८ नम्बरको बोलेरो जीपमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जीप सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो । साथै जीप चालक बेदकोट नगरपालिका १० बस्ने बर्ष २९ को केशव बिष्ट भागि फरार रहेकाले निजको खोजतलास भईरहेको छ  ।