अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका ११ होल्डिङ्ग सेन्टर नजिकबाट २४ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका २ उल्टाखाम बस्ने बर्ष २७ को टेकेन्द्र भण्डारीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।