फरार प्रतिबादी पक्राउ
२०८२-१२-१७
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१२।१६
गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ
गरेको हो ।
१. आत्महत्या
दुरुत्साहन मुद्दामा २ बर्ष ११ महिना ७ दिन कैद सजाय र रु.३०,०००।-
जरिवाना तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ भगरैया बस्ने बर्ष २४ को भुपेन्द्र
चौधरी ।
२. चोरी
मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको
जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने वर्ष ३२ को शेर महरा ।
३. चोरी
मुद्दामा ५ महिना १५ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको
जिल्ला कैलाली, घोडाघोडी न.पा.२
बस्ने बर्ष २२ को तपेन्द्र भण्डारी ।
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६४।०१।२१ गतेको
फैसलाले कैदी भागी भगाउ मुद्दामा ६/६ महिना कैद
सजाय तोकिएका जिल्ला डडेल्धुरा पर्शुराम न.पा.२ जोगबुढा बस्ने बर्ष ४५ को धनिदत्त तिवारी
र सोही ठाउँ बस्ने बर्ष ४४ को हंस जैशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१६ गते जिल्ला
कञ्चनपुर, भिमदत्त न.पा.४ भगतपुरबाट पैदल हिडि रहेको अवस्थामा फेला पारी पक्राउ
गरेको हो ।