अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली टिकापुर न.पा.९ बालुवाटारबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोईन
जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका १ ब्लक नम्बर ९ बस्ने बर्ष २० को
मुकेश बोहरा र सोही ठाउँ ब्लक नम्बर १३ बस्ने बर्ष २५ को महेश रावललाई मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट
खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला
पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु
दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली लम्कीचुहा
न.पा.१ भुरुवाबाट १२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ
सहित सोही ठाउँ बस्ने बर्ष १९ को राजेश सोप बराललाई मंगलबार राति प्रहरीले पक्राउ
गरेको हो । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको
प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी,
आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो
।